अन्तिम प्रेम पत्र ❤️

प्रिय,
हाम्रो बीचमा के भयो, कसरी भयो अनि किन भयो, मलाई थाह छैन। तर एउटा कुरा भने थाह पाए, तपाई बिना मेरो जीवन कठिन रहेछ। 
न राम्ररी निद्रा लाग्छ, न भोक।
उज्यालो कहिले हुन्छ, साँझ कहिले पर्छ, त्यो पनि थाह छैन। 
चिया को स्वाद त मैले बिर्सिसकेको छु, कुनै कुरा को स्वाद महसुस नै हुँदैन। 
संसार कस्तो रंगको छ, त्यो पनि बिर्सिए कि जस्तो लाग्छ। 
ऐनामा आफूलाई हेर्न मन लाग्दैन, गाजल र लिपस्टिक लगाउन बिर्सिसके, कपाल पनि चार दिनमा एकपटक मात्र कोर्छु। 
मन त केवल एकै ठाउँमा बसिरहोस् जस्तो लाग्छ, तपाईलाई सम्झिँदै।
आँसु आउँछ, तर रुन पनि सक्दिन, त्यसैले लेख्छु, के थाह मन को व्यथा यसरी लेख्दा अलिकति मन हल्का होला कि? 
तपाईँ कहाँ जानुभयो? 
मलाई माया गर्नु हुँदैन थियो र? 
मेरो आँखा अझै पनि तपाईँलाई कुरिरहेका छन्, तपाईँ आउने बाटोतिर हेर्दै बसेको छन्। 
यदि माया नगरेको भए तपाईँसँग रिसाउने थिएन, यदि माया नगरेको भए यति धेरै दुःख पनि पाउने थिएन होला। 
म तपाईँ आउनु हुन्छ, एकपटक आउनु हुन्छ भनेर पर्खिरहे।
तर एउटै गल्ती मात्र गरे, तपाईँ को मन बुझन सकिन,
तपाईँ लाई भेट्न इच्छा नै थिएन भन्ने कुरा बुझन सकेको भए शायद तपाईँ लाई जान दिन्थे। 
तपाईँ को मनमा मेरो लागि माया सकिएको रहेछ भन्ने पनि थाहा पाइन ।
तपाईँ मेरो मुटुभित्र भएर पनि,  तपाईँको मुटु को कुरा कहिल्यै जान्न सकिन। 
तपाईँसँग बिताएको हरेक पल मेरो लागि प्रिय छ, ती छन्हरू म कहिल्यै बिर्सिन सक्दिन। जीवन ले लाख प्रयास गरेर बिर्साउन खोजे पनि, म तीनलाई बिर्सिन दिनु सक्दिन ।
यति ठूलो संसारमा तपाईँलाई भेट्न पाउनु नै मेरो लागि ठूलो कुरा हो। 
शायद हाम्रो भेट लेखिएको थियो त्यसैले न त खोजी, न कै गरिकिन तपाईँलाई देखे, चिने अनि मन पराए, मेरो जीवन को एउटा सुन्दर अध्याय। 
मलाई तपाईँ ले याद गर्नु भयो भने मलाई नराम्रो न सोच्नु होला,
मलाई थाह छैन तपाईँले यो पर्नु हुन्छ कि हुँदैन, फेरि म सँग एकपटक बोल्न प्रयास गर्नु हुन्छ कि हुँदैन, 

तर कुनै दिन यो पर्नु भयो भने, यति सम्झिनुहोस्,  कतै कुनै 
कुनामा, तपाईँ को माया बोकेर अझै पनि बाँचिरहेकी छु। 

तपाईँ लाई कसरी बोलाउनु त्यो पनि थाह छैन र तपाईँ को लागि यो मेरो अन्तिम प्रेम पत्र। 

तपाईँकि,
माया 

Popular posts from this blog

Attachment

श्रृंगार और तुम

I am growing up again .